०१ असार २०८३, सोमबार

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

पुस ४, २०८०
काठमाडौं
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
फाइल फोटो

भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालका–२ दुवाकोटस्थित इँटाभट्टामा काम गर्ने ४९ वर्षीया सोमबहादुर स्याङ्तान रहेका छन् ।

उनलाई मंगलवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​​

स्याङ्तानले ती किशोरीलाई सोही भट्टाको झ्याउलीमा लगेर बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका ५ पिखेलबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्