२६ जेठ २०८३, मंगलबार

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

पुस ४, २०८०
काठमाडौं
सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त
फाइल फोटो

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् ।​

संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै ​बुधवार राष्ट्रपति पौडेलले उनीहरूलाई नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेहरूमा सारंगा सुवेदी, अब्दुलअजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । 

गत मंसिर ५ गते बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका ४ न्यायाधीश र २ वरिष्ठ अधिवक्ताको नाम सिफारिश गरेको थियो ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषद्ंको सिफारिशमा छ जना न्यायाधीशलाई नियुक्त गरेका हुन् ।

null

salt training

कमेन्ट गर्नुहोस्