०७ असार २०८३, आइतबार

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

पुस ४, २०८०
काठमाडौं
मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ शान्ति सेनाको अदलीबदली भएको छ ।

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ पहिलो डफ्फालाई बदली गर्नको लागि महावीर गण (रेञ्‍जर)को दोस्रो तथा अन्तिम डफ्फाका २२५ जना शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सेनानी हरिकुमार पाण्डेको नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको चार्टर्ड विमान (इथियोपियन एयरलाइन्स) बाट यही पुस ३ गते मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।

यसै गरी सोही मिसनमा तैनाथ पहिलो डफ्फाका २२४ जना शान्ति सैनिकहरू प्रमुख  सेनानी विजय बस्नेतको नेतृत्वमा मिसन अवधि पूरा यही पुस ५ गते स्वदेश फर्कने सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रमुख सेनानी प्रज्वल थापाको नेतृत्वमा २२५ जना शान्ति सैनिकहरू यस अगावै मिसन इलाकामा तैनाथ रहेका छन् ।

कमेन्ट गर्नुहोस्