११ साउन २०८३, सोमबार

कञ्चनजङ्घा सेसेलुङ गोल्डकप : सुनसरीको विजयी सुरुआत

पुस ४, २०८०
पाँचथर
कञ्चनजङ्घा सेसेलुङ गोल्डकप : सुनसरीको विजयी सुरुआत

 चासोक तङ्नामका अवसरमा फुङ्लिङमा आयोजित कञ्चनजङ्घा सेसेलुङ गोल्डकपमा सुनसरीको चकरघट्टी फुटबल क्लबले विजयी सुरुआत गरेको छ । 

आयोजक ताप्लेजुङको कञ्चनजङ्घा फुङ्लिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । चकरघट्टीको तर्फबाट आकाश राईले खेलको २०औँ र ४६औँ मिनेटमा गोल गरे । 

    कञ्चनजङ्घाका तर्फबाट अनुप सेन्दाङले ३३ मिनेटमा फ्रि किकमार्फत गोल भएको थियो । आकाश पहिलो खेलको म्यान अफ दी म्याच भएका छन् ।

    बिहीबारको दोस्रो खेल पाँचथर फुटबल क्लब र जलथल फुटबल क्लब झापाबीच हुने आयोजकले जनाएको छ । आठ टिम सहभागी प्रतियोगिताको फाइनल पुस ११ गते हुनेछ । विजेताले रु तीन लाख दुई हजार र उपविजेताले रु एक लाख ५१ हजार प्राप्त गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्