२३ जेठ २०८३, शनिबार
भूकम्प पीडितको राहत बोकेको ट्र्याक्टर दुर्घटना

रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु, नौ घाइते

पुस ५, २०८०
काठमाडौं
रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु, नौ घाइते

रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका-१० मा गएराति रा १ त १४  नम्बरको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबै आठबिसकोट नगरपालिका वडा नम्बर १० का हुन् । दुर्घटनामा वर्ष ४६ का लोकबहादुर शाही र उनकी श्रीमती वर्ष ४२ की चुकी शाहीको ज्यान गएको छ । यस्तै, ५२ वर्षका भर्दर सार्की, ४८ वर्षका धनराम सार्की र ४७ वर्षकी निर्मला सार्कीको पनि दुर्घटनामै ज्यान गएको छ । 

आठबिसकोटबाट भूकम्प पीडितहरूको अस्थाई घरटहरा निर्माणको लागि जस्तापाता लिएर घर्तीगाऊतर्फ जाँदै ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबीसकोट–१० का ३८ वर्षीय रमेश सार्की, आठबीसकोट–८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमारघर्ती रहेका छन् । 

यस्तै, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन घाइते छन् ।

घाइतेहरूलाई उपचारको लागि नगर अस्पताल आठबिसकोटतर्फ पठाइएको खड्काले बताए । ​ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्