
बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला शुरू हुँदैछ । एक्स्पोको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
अर्थतन्त्रलाई माथि उकास्ने लक्ष्यसहित रुपन्देही व्यापार संघको आयोजनामा गर्न लागिएको मेलामा नयाँपन, फरक शैली र विशिष्ट पहिचानका साथ हुने बताइएको छ ।
निजी क्षेत्रको मनोबल घट्दै गएको अवस्थामा हुन लागेको मेलाले निजी क्षेत्रलाई राहत दिने अपेक्षा गरिएको आयोजक रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए ।
आयोजकका अनुसार मेलामा ६०० स्टल रहने छन् । मेलामा १० लाख दर्शक र ५० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।
संघका महासचिव दयानिधि भण्डारीले एक्स्पोमा सहभागी हुन आउने दर्शकहरूलाई आकर्षण र मनोरञ्जन प्रदान गर्न चर्चित राष्ट्रिय, स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताए ।