०३ असार २०८३, बुधबार

बागदरबारकै निर्माण शैलीमा महानगरको वडा भवनको काम धमाधम

पुस ५, २०८०
काठमाडौं
बागदरबारकै निर्माण शैलीमा महानगरको वडा भवनको काम धमाधम

काठमाडौँ महानगरपालिका वडा नं. ११ को कार्यालय भवन निर्माणले तीब्रता लिएको छ । बागदरबारको दक्षिण पूर्वी कुनामा बागदरबारकै निर्माण शैलीमा भवन निर्माण भइरहेको हो । गएको मंसिर २८ गते महानगर दिवसको अवसरमा पारेर वडाध्यक्ष हीरालाल तण्डुकारले भवन निर्माणका लागि शिलान्यास गरेका थिए । 

अहिले वडा कार्यालय बबरमहलको निजी भवन भाडामा लिएर सञ्चालन भइरहेको थियो । यस अघि थापाथलीमा थियो । 

‘अहिलेसम्म हामी भाडाको भवनमा बसेर सेवा दिइरहेका छौँ । अब आफ्नै भवनबाट सेवा दिन्छौँ । वडाध्यक्ष तण्डुकारले भने, ‘बर्षौँदेखिको प्रयासपछि आफ्नै प्रशासनिक भवन निर्माण हुनु वडाबासीका लागि खुशीको कुरा हो ।’

भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बीमा रकमसहित ५ करोड ७ लाख २७ हजार रुपैयाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ । २०८१ मंसिर मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदारलाई मंसिर १२ गते कार्यादेश दिइएको छ । 

इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, ११ आना जमिनमा ७ हजार २५० स्वायरफिट क्षेत्रफलमा निर्माण हुने ४ तलाको भवन बागदरबारकै शैली र उचाइको हुनेछ । भवनको भित्री सुविधा आधुनिक हुनेछ । भवनको भुइँ तला १ हजार ६३० दशमलव ८१ स्क्वायर फिटको हुनेछ । यस तला सेवा प्रवाहका लागि प्रयोग हुनेछ । पहिलो तलामा वडाध्यक्ष, वडा सचिव र इञ्जिनियरको कक्ष हुनेछन् । दोस्रो तलामा वडा सदस्य र कर्मचारी कक्ष हुनेछ । तेस्रो तलामा स्टाफ पेन्ट्री (खाना, खाजा र रिफ्रेसमेन्ट कक्ष), मेलमिलाप कक्ष हुनेछ । यही तलामा ५० जना अट्ने सभा कक्षसमेत हुने जनाइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्