![सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/nyayadhish_6_2_dPHl9PO7UT.jpg)
सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीवार आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन् ।

सपथ लिने न्यायाधीशमा सारंगा सुवेदी, अब्दुलअजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।
सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि उपस्थित थिए ।
राष्ट्रपति पौडेलले बुधवार सर्वोच्चमा ६ जना न्यायाधीश नियुक्त गरेका थिए ।

संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै राष्ट्रपति पौडेलले उनीहरूलाई नियुक्त गरेका थिए ।
गत मंसिर ५ गते बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका ४ न्यायाधीश र २ वरिष्ठ अधिवक्ताको नाम सिफारिश गरेको थियो ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषद्ंको सिफारिशमा ६ जना न्यायाधीशलाई नियुक्त गरेका हुन् ।