
आम जनता पार्टी (आजपा) लुम्बिनी प्रदेश समितिको अध्यक्षमा नारायण पाण्डे ‘काबिल’ चयन भएका छन् ।
बिहीवार बुटवलमा सम्पन्न पार्टीको बैठकले प्रदेश इन्चार्जमा सविना हुसेन र अध्यक्षमा पाण्डेलाई चयन गरेको हो ।
यस्तै, सह–इन्चार्जद्वयमा प्रमानन्द शर्मा र विक्रम चौधरी, सचिवमा आशा संजेल चयन भएका छन् ।
त्यस्तै गरी सदस्यहरूमा नारायण पाण्डे, रामबहादुर थापा मगर, राहुल अधिकारी, रविना सुवानी, गणेश भण्डारी, विक्रम चौधरी, दीपक गिरी, माधव पौडेल, फैइजल खान र आशा विक रहेका छन् ।
प्रदेश समिति सार्वजनिक गर्दै पार्टीका उपाध्यक्ष तिलक थापाले लघुवित्त, सहकारी र बैंकले गरेको ज्यादतीविरुद्ध संघर्ष गर्ने पार्टीले निर्णय गरेको बताए ।
ठूला पार्टीले देशलाई विकास गर्न नसकेको बताउँदै अध्यक्ष पाण्डेले अब जनताको भरोस आम जनता पार्टीमा रहेको बताए ।