२२ जेठ २०८३, शुक्रबार

राप्रपा नेपालद्वारा मन्त्री किरातीको पुत्ला दहन

पुस ५, २०८०
काठमाडौं
राप्रपा नेपालद्वारा मन्त्री किरातीको पुत्ला दहन

 राप्रपा नेपाल आबद्ध जनवर्गीय संगठनहरुले आज साँझ काठमाडौँमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको पुत्ला दहन गरेका छन् । 

ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको दाबी गर्दै उनीहरूले पुत्ला दहन गरेका हुन् । मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किरातीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नु पर्ने उनीहरूको भनाई छ । 

 काठमाडौँको चाबहिलमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले मन्त्री किरातीको विरोधमा चर्का नाराबाजी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्