२७ जेठ २०८३, बुधबार

ब्युँतियो युरोपेली सुपर लिगः ६४ क्लबको प्रतियोगिता घोषणा

पुस ५, २०८०
काठमाडौं
ब्युँतियो युरोपेली सुपर लिगः ६४ क्लबको प्रतियोगिता घोषणा

युरोपेली सुपर लिगका प्रवर्द्धकहरूले नयाँ ६४ टोली पुरुष फूटबल प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेका छन् । युरोपेली फूटबल महासंघ (यूईएफए)ले प्रतिद्वन्द्वी प्रतियोगिता अवरुद्ध गर्न युरोपेली युनियन (ईयू)को कानून उल्लङ्घन गरेको युरोपेली अदालतले फैसला गरेपछि अलग भएका उनीहरू बिहीवार यस्तो घोषणा गरेका हुन् । 

ए२२ स्पोर्ट्स म्यानेनजमेन्टले योजनाबद्ध रुपमा प्रतियोगिता कहिलेदेखि शुरू हुन्छ भन्ने विवरण सार्वजनिक भएको छैन । प्रतियोगितामा पदोन्नति (प्रमोसन) र घटुवा (रेलिगेसन)को सुविधा हुने र युनिफाई नामक ‘नयाँ स्ट्रिमिङ प्लेटफर्मममा’ प्रतियोगिताको निःशुल्क प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।

सन् २०२१ अप्रिल सुपर लिगको अवधारणा आएको थियो । तर यसले शुरुवातीमै असफलता भोग्यो । फेरि सुपर लिगलाई प्रवर्द्धन गर्न सन् २०२२ को अन्त्यमा ए२२ स्पोर्ट्स म्यानेजमेन्टको स्थापना गरिएको थियो ।

अदालतको फैसलाप्रति प्रतिक्रिया दिँदै ए २२ का प्रमुख कार्यकारी अधिकारी बर्नाड रिचर्टले भिडियोमार्फत फूटबल स्वतन्त्र र यूईएफएको एकाधिकारबाट मुक्त भएको बताएका छन् । 

‘फूटबल स्वतन्त्र हो, यूईएफएको एकाधिकारबाट मुक्त, प्रतिबन्धहरूको डरबिना सर्वोत्तम विचारहरूलाई अगाडि बढाउनका लागि स्वतन्त्र छ,’ उनले भने । 

यसअघि यूईएफएले प्रारम्भिक परियोजना रोक्नका लागि अवैध रणनीति प्रयोग गरेको थियो । उक्त परियोजनामा १२ वटा मात्र क्लब थिए । बिहीवार घोषणा गरिएको नयाँ योजनामा ६४ टोलीलाई तीन भिन्नाभिन्नै लिगमा विभाजन गरिनेछ । शीर्ष स्टार लिगमा १६ क्लबलाई आठ क्लबका हिसाबले दुई समूहमा विभाजन गरिनेछ ।

गोल्ड लिग नाम रहेको दोस्रो स्तरमा पनि १६ क्लब सहभागी हुनेछन् । यसमा पनि आठ÷आठ क्लबको दुई समूह हुनेछन् । ब्लु लिग नामको तेस्रो स्तरमा प्रत्येक समूहमा आठ क्लब रहने गरी ३२ क्लब सामेल हुनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्