१३ असार २०८३, शनिबार

सूर्यज्योति इन्स्योरेन्सको 'एक्चुरियल फर टुमरो' विषयक अन्तक्रिया सम्पन्न

पुस ६, २०८०
काठमाडौं
सूर्यज्योति इन्स्योरेन्सको 'एक्चुरियल फर टुमरो' विषयक अन्तक्रिया सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा कम्पनीहरूको एक्चुरियल कार्यसम्बन्धी एक दिने 'एक्चुरियल फर टुमरो' विषयक अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण तथा एक्चुरियल सोसाइटी अफ नेपाल (ASN)को उपस्थितिमा हालै पुल्चोकको एक होटेलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका एक्चुरी हसन वोद्रिनो स्कटद्वारा एक्चुरियल सोसाइटी अफ नेपालका सदस्यहरूलाई बीमाङ्की तथा अन्य बीमासम्बन्धी प्रावधिक कार्यहरू अन्तर्गतका प्रस्तुति तथा छलफल गरिएको थियो । 

नेपालको जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको एक्चुरियल भ्यालुएसन, बीमालेख तयार गर्नजस्ता अन्य प्राविधिक कार्य गर्न कम्पनी भित्रनै एक्चुरी सम्बन्धी अध्ययन गरेको कर्मचारीहरू भए प्रभावकारी हुने उनको भनाइ थियो । 

भोलिको दिनमा रिस्क बेस्ड क्यापिटलजस्ता अन्य कार्यक्रमहरू कम्पनीमा संचालन गर्न एक्चुरियल सम्बन्धी कर्मचारीहरू कम्पनी भित्रै हुनु आवश्यक रहेको उनले बताए । 

कार्यक्रममा हसन वोद्रिनो स्कटले आफ्नो छोटो प्रस्तुति राखेका थिए । जसमा अन्तर्राट्रिय बीमा कम्पनीहरूमा एक्चुरियल सम्बन्धी गरिने कार्यहरू सम्बन्धी ज्ञान दिनुको साथै अन्य मुलुकहरूमा रिस्क बेस्ड क्यापिटलजस्ता कार्यक्रमहरू कार्यान्वयन गर्दा देखिएको चुनौती तथा अनुभवबारे जानकारी दिएका थिए । कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक पुजन ढुगेल, सुसिल सुवेदी र बीमा प्राधिकरणको बीमाङ्की प्रेक्षा माथेमाको उपस्थिति थियो । 
 
अवसरमा कम्पनीका कार्यकारी प्रमुखद्वारा नेपालमानै एक्चुरीहरूको विकास भएमा मात्रै बीमा क्षेत्रको विकाश हुने र यसका लागि कम्पनीबाट सक्दो सहयोग गरिने बताए । 

बीमा प्राधिकरणका निर्देशकसुसिल सुवेदीद्वारा नेपालमा एक्चुरीहरूको अभाव रहेकोबताए । नेपालमा नै एक्चुरी सम्बन्धी पढाइ तथा अभ्यासमा अझ मिहेनत गरिएमा नेपालमानै एक्चुरीहरू उत्पादन तथा विकाश गर्न सकिने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्