२२ जेठ २०८३, शुक्रबार

चिसो मौसम सुरु भए पनि एलपी ग्यासको खपत बढेन

पुस ६, २०८०
काठमाडौं
चिसो मौसम सुरु भए पनि एलपी ग्यासको खपत बढेन

विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन । चालुु  आर्थिक  वर्षको  साउन  महिनादेखि  नै  ग्यासको खपतमा गिरावट हुुँदै आएको छ । 

नेपाल आयल निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको  खपत  बढ्ने  गरेकामा  गत  आवमा  पाँच  प्रतिशतले खपत घटेको छ ।

पछिल्लो  समय  विद्युतीय  चुलो  (इन्डक्सन)  को  प्रयोग  बढ्दै  गएकाले  पनि  ग्यासको  खपतमा  कमी आएको देखिन्छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका  अध्यक्ष  शिवप्रसाद  घिमिरेले  आर्थिक  मन्दीका  कारण  ग्यासको  खपतमा  कमी  आएको  जानकारी दिए । गोरखापत्रमा खबर छ।  

salt training

कमेन्ट गर्नुहोस्