
चलेको ट्रेण्ड पछ्याउने र फ्यान्सी एआई चित्रहरू प्रयोग गर्ने आजको संसारमा यामाहा भने केही फरक दिशामा अगाडि बढेको छ। एआईमार्फत् उत्पन्न गरिएका चित्र र बनावटी दृश्यहरूले इन्टरनेट भरिइरहँदा यामाहाले भने
किपइटरियल(#KeepingItReal) अभियानमार्फत् वास्तविक बाइकरहरूको सम्मान गर्दै उनीहरूका वास्तविक सवारी अनुभवहरूको चर्चा गर्ने पहलकदमी लिँदैछ ।
सामाजिक सञ्जालहरूमा एआई-जेनरेट गरिएका तस्वीरहरूको बाढी आएको समयमा यामाहा भने बाइकरहरूको वास्तविक भावनासँग एकाकार हुन अलग्गै उभिएको कम्पनीले जनाएको छ ।
बाइकिङको भावनाले डिजिटल ट्रेण्ड र कृत्रिम सौन्दर्यलाई पराजित गर्छ भन्ने विश्वासको प्रमाण हो यामाहाको अभियान । बनावटी भिजुअलहरूको लोभमा नपरी राइडरहरूलाई उनीहरूको वास्तविक र फिल्टर नगरिएका बाइकिङ अनुभवहरू बाँड्न यामाहाले प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।
'राइडर र मेसिनबीचको सम्बन्ध, खुला सडकप्रतिको उत्साह र साथी बाइकरहरूबीचको सद्भाव नै यामाहाको खास आत्मा हो,' कम्पनीले भनेको छ, '#KeepingItReal यही भावनाको सम्मानका खातिर गरिएको एक आह्वान हो भने उत्साहीहरुरूलाई यामाहासँगको सवारी अनुभव परिभाषित गर्ने प्रमाण प्रदर्शन गर्न आग्रह पनि हो।'
#KeepingItReal प्रयोग गरेर आफ्ना फिल्टर नगरिएका वास्तविक राइडिंगका पलहरू शेयर गरेर यस अभियानमा सामेल हुन कम्पनीले आग्रह गरेको छ ।