१३ असार २०८३, शनिबार

देशका विभिन्न शहरमा 'शिवम् सन्देश'

पुस ६, २०८०
काठमाडौं
देशका विभिन्न शहरमा 'शिवम् सन्देश'

नेपालकै अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले हालै जानकारीमुलक भिडियो सन्देश 'शिवम् सन्देश' सार्वजनिक गरेको थियो । 'शिवम् सन्देश' गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने घर निर्माणका लागि जनचेतनामुलक भिडियो सन्देशहरूको संग्रह हो। 

शिवम्ले देशका विभिन्न शहरमा विभिन्न क्रियाकलाप गरी शिवम् सन्देशको प्रचार–प्रसार गरिरहेको छ । इटहरीबाट शुरू गरेको प्रचार–प्रसार कार्यक्रम इटहरी, जनकपुर, नारायणगढ, हेटौडा, विरगञ्जलगायत शहरका प्रमोटरहरू राखी चोक–चोकमा स्टाण्ड बोर्ड प्रदर्शनी, पर्चा वितरण, QR Scan तथा अन्य क्रियाकलापहरू गरी शिवम् सन्देशबारे जानकारी तथा प्रचार–प्रसार गरेको हो । 

null

जहाँ शिवम सन्देशबारे बुझ्न चाहनेहरूको लागि तत्कालै जानकारी प्रदान गरिएको थियो । देशका विभिन्न शहरहरूमा शिवम्ले शिवम् सन्देशको प्रचारको गर्न लागिएको कम्पनी प्रतिनिधिले जानकारी दिएका छन् । शिवम् सिमेन्टले आफ्नो प्रचार–प्रसारमा विभिन्न समयमा नयाँ नयाँ उपायहरू अपनाउदै आइरहेको छ ।

यसमा घर निर्माण पूर्व निर्माणका योजना बनाउँदा, घर बनाउँदा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको कम्पनीले जनाएको छ । 

सन् २००३ मा हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्