२३ असार २०८३, मंगलबार
मन्त्री फेर्ने मनसायमा प्रचण्ड

प्रधानमन्त्रीको प्रतिबद्धता– मन्त्री फेरेर भए पनि परिणाम दिने गरी काम गर्छु

पुस ६, २०८०
विराटनगर
प्रधानमन्त्रीको प्रतिबद्धता– मन्त्री फेरेर भए पनि परिणाम दिने गरी काम गर्छु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू फेरेर भए पनि परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोरङको मिक्लाजुङ– ५ मा आफू नेतृत्वको दल नेकपा (माओवादी केन्द्र)ले शुक्रवार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 'प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भए पनि कामलाई गति दिन्छु,' उनले भने ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धतासमेत व्यक्त गरे । 

यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले जनाए । उनले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

पथरी शनिश्चरेमा रहेका सुकुमबासीको समस्या समाधानमा पहल गर्ने, किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने पनि उनले प्रतिबद्धता जनाए ।


 

salt training

कमेन्ट गर्नुहोस्