०४ असार २०८३, बिहीबार

अमेरिकामा मानिसहरू पैसा पैसा भन्छन्, बिहेमा छैन रुचि : सर्वेक्षण

कात्तिक २०, २०७४
अमेरिकामा मानिसहरू पैसा पैसा भन्छन्, बिहेमा छैन रुचि : सर्वेक्षण

काठमाडौं, १५ असोज — बिहे नै परिवारको आधार हो तर अमेरिकामा बिहेको चलन कम हुँदै गइरहेको छ । त्यहाँ बिहेलाई सुविधा र विशेषाधिकारसँग जोडेर हेर्ने गरिएको छ ।


कलेजको डिग्री नलिएका मानिसहरूको बिहे हुने गरेको छैन । धेरै पैसा कमाउने र कलेज ग्य्राजुएटहरू चाहिँ बिहे गरिरहेका छन् । बेरोजगारसँग कोही पनि बिहे गर्न चाहँदैन ।

अमेरिकामा युवतीहरू बिहेका लागि पैसालाई बढी महत्त्व दिइरहेका छन् ।

प्रसिद्ध समाजशास्त्री श्यारोन सेसलरले भनिन्, ‘महिलाहरू आफूलाई केही पनि उपलब्ध गराउन नसक्ने मानिससँग बिहेको जोखिम मोल्न चाहँदैनन् ।’

विवाह कम भइरहेपनि बच्चा जन्माउने काम चाहिँ रोकिएको छैन । यसको अर्थ धेरै बच्चाहरू मातापिताविनाका परिवारमा बसिरहेका छन् ।

द न्युयोर्क टाइम्समा छापिएको रिपोर्टअनुसार, गरीब र कामकाजी मानिसको घरमा आधीभन्दा धेर किशोर आफ्ना जैविक मातापितासँग बस्छन् भने मध्य तथा उच्चवर्गीय परिवारको घरमा यो ७७ प्रतिशत छ ।

आर्थिक निर्भरता नै अहिले बिहेको सबभन्दा ठूलो कारक भएको समाजशास्त्रीहरूको विश्वास छ ।

शिक्षित व्यक्तिहरू करीयरको टुंगो नलागुन्जेल डेटिङ गर्ने र बच्चा जन्माउने काममा ढिलाइ गरिरहेका छन् । अनि कम शिक्षित चाहिँ केही महिनाको साथमा नै प्रेगनेन्ट भइरहेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्