०४ साउन २०८३, सोमबार
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

लुम्बिनीमा थपिए दुई मन्त्री, सरकार अझै अपूर्ण

पुस ८, २०८०
बुटवल
लुम्बिनीमा थपिए दुई मन्त्री, सरकार अझै अपूर्ण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको ८ महिनापछि मुख्यमन्त्री चौधरीले शनिबार माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गरेका हुन्  ।

बाँकेकी केसीले खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छिन् । प्युठानका रोज राणा भनेर चिनिने सरोज थापालाई भने उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मन्त्रालय दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले गठबन्धन दलहरूबीच मन्त्रालय भागबण्डामा देखिएको किचलोका कारण मन्त्रिपरिद्‌लाई पूर्णता दिन सकेका थिएनन् । लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन । बाँकी एक मन्त्रालय मुख्यमन्त्री आफैंले राख्ने बताएका छन् ।

null

नेपाली कांग्रेसको संस्थापन पक्षले मन्त्री नियुक्तिमा एकलौटी गरेको असन्तुष्टि जनाएको छ । 

नवनियुक्त मन्त्रीहरूको शपथ आज हुनेछ । उनीहरूको बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा शपथ हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्