![माध्यमिक शिक्षकको विज्ञापन खुल्यो [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/teacher_mnuU5Y2uiF.jpg)
शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षक माग गरेको छ। आइतबार सूचना प्रकाशन गर्दै आयोगले आवेदन माग गरेको हो।
सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।
आयोगले आइतबार निकालेको सूचनाअनुसार न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त पेस गर्न सक्ने जनाएको छ ।
