०१ साउन २०८३, शुक्रबार

नारायणगढ–मुग्लिङ सडक: आज पनि चार घण्टा बन्द हुने

पुस ८, २०८०
काठमाडौं
नारायणगढ–मुग्लिङ सडक: आज पनि चार घण्टा बन्द हुने

आज पनि नारायणगढ–मुग्लिङ सडक खण्ड चार घण्टा बन्द हुने भएको छ । नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत तुइन खोलामा पुल बनाउन कडा चट्टानी पहाड फुटाउनु पर्ने भएकोले चार घण्टा सडक बन्द गर्न लागिएको हो । 

हिजोदेखि बन्द हुन शुरू भएको सडक आज अपराह्न १२ बजेदेखि दिउँसो ४ बनेसम्म यातायात सञ्चालन पूर्ण रूपमा रोकिने ट्राफिक कार्यालयले जनाएको छ । 

जसअनुसार मुग्लिङ तर्फबाट छिर्ने सवारीसाधनहरू मुग्लिङ बजारदेखि मनकामना केबुलकार गेटसम्म तथा पोखरातर्फबाट आउने सवारी बेनिटारदेखि पावरहाउससम्म रोकिनेछन् । नारायणगढतर्फ छिर्ने सवारीसाधनहरू पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिनेछन् । 

मुग्लिङतर्फ छिर्ने ट्रक, लरी, ट्रेलर, ट्रिपर, टयाङक र भारी सवारी साधन भने लेवाटार र सत्र सय फाँटमा रोकिने छन् भने नारायणगढतर्फ छिर्ने यस्ता सवारी साधनहरू भतेरी जंगलदेखि रामनगरसम्म रोकिने ट्राफिक प्रहरीले जनाएको छ । यात्रा अवरोध पुस २८ गतेसम्म जारी रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्