०९ साउन २०८३, शनिबार

प्रो क्लब क्रिकेट प्रतियोगिता: दुई विभागीय टोलीबीच प्रतिस्पर्धा हुँदै

पुस ८, २०८०
काठमाडौं
प्रो क्लब क्रिकेट प्रतियोगिता: दुई विभागीय टोलीबीच प्रतिस्पर्धा हुँदै

दोश्रो संस्करणको प्रो क्लब क्रिकेट प्रतियोगिता (च्याम्पियनसिप) टी–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।  नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

 नेपाल आर्मी क्लब र पर्सा–११ बीच अर्को प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको अङ्कतालिकामा नेपाल आर्मी चार अङ्कसहित शीर्षस्थानमा छ भने समान चार अङ्कका साथ पर्सा–११ दोस्रो स्थानमा छ । 
अङ्कतालिकामा समान दुई–दुई अङ्कसहित नेपाल एपिएफ क्लब तेस्रो र नेपाल पुलिस चौथो स्थानमा छन् । भारतको युपी–११ र भारतकै वान्डर्स क्लब अङ्कविहीन छन् ।

नारायणी रङ्गशालाप्रति तिनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलले संयुक्तरूपमा प्रतियोगिता आयोजना गरेका हुन् । 

प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी छ टिमको सहभागिता रहेको प्रतियोगिताका प्रबन्धक दाउद अन्सारीले जानकारी दिए । प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्