०७ साउन २०८३, बिहीबार

उपमेयर चढ्ने गाडीमा आगजनी

पुस ८, २०८०
काठमाडौं
उपमेयर चढ्ने गाडीमा आगजनी

महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र २-००२-०००१झ०००५ नम्बरको बोलेरो गाडीमा गएराति आगजनी भएको हो ।

गौशाला-१ स्थित उनकै  घरमा पार्किङ गरेर राखिएको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्तिले पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । घरपरिवार र स्थानीयले आगो निभाएपछि क्षति हुनबाट जोगिएको प्रहरीको भनाइ छ । 

गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्