२३ असार २०८३, मंगलबार

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, बुधवार यही इजलासमा सुनुवाइ हुने

पुस ८, २०८०
काठमाडौं
सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, बुधवार यही इजलासमा सुनुवाइ हुने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दा आइतवार हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौं जिल्ला अदालतमा बहस भइरहेको मुद्दामा आइतवार दुईजना सरकारी वकिल र एक जना पीडितको तर्फबाट बहस गरे पनि समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो । 

अब मुद्दाको सुनुवाइ यही इजलासमा बुधवार हुनेछ । 

लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम बहसका लागि पेशी चढेको छ । आइवार बहस नसकिएको र सोमवार र मंगलवार बिदा परेकाले अब बुधवार बहस हुने भएको हो । 

सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछानेविरुद्ध गत वर्ष एक किशोरी (नाबालिग)ले बलात्कारको मुद्दा हालेकी थिइन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्