२० असार २०८३, शनिबार

यसरी बनाउनुस् चुरुमचुरुम केरा चिप्स

कात्तिक २०, २०७४
यसरी बनाउनुस् चुरुमचुरुम केरा चिप्स

काठमाडौं, १५ असोज — बिहान उठेर वा साँझतिर चिया पिउँदा बिस्कुट वा कुकीज त धेरै खानुभएको होला । तर आज हामी तपाईंलाई त्यसको साटो केराको चिप्स बनाउन सिकाउँछौं । यो स्वादिलो पनि हुन्छ र बनाउन पनि सजिलो छ ।


सामग्री

पानी ५० मिलिलिटर
नून डेढ चम्चा
काँचो केरा
तेल

विधि
एउटा बाउलमा ५० मिलिलिटर पानीमा डेढ चम्चा नून हालेर मज्जाले घोल्नुस् ।

अब काँचो केराको बोक्रा निकालेर टुक्रा पार्नुस् ।

एउटा कराहीमा तेल तताउनुस् र काटेका केरा हाल्नुस् ।

त्यसपछि त्यसमा नूनपानी हाल्नुस् । बिस्तारै हाल्नुस् । तेलमा हल्का फोका उठछन् । त्यसले चिपमा नूनको स्वाद घुसाउँछ ।

चिप अलिक खैरो नहुन्जेल भुट्नुस् ।

ल, केराको चिप तयार भयो । चियासँग कुरुमकुरुम खानुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्