०१ साउन २०८३, शुक्रबार

कपिलवस्तुमा गाई काटेको आरोपमा ३ जना पक्राउ

पुस ९, २०८०
काठमाडौं
कपिलवस्तुमा गाई काटेको आरोपमा ३ जना पक्राउ

कपिलवस्तुमा गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका १० का २० वर्षीय सुरज विक, बुद्धभूमि नगरपालिका १० कै ५५  वर्षीय सार्ती थारू र रुपन्देही कञ्चन गाउँपालिका ५ भैसियाइका ३० वर्षीय श्रीधर टमटा रहेका छन् ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई विकको घरबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १ क्विन्टल गाईको मासु पनि बरामद भएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए । 

जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्