
तेल अविव–गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २० हजार ६७४ पुगेको छ ।
हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्य्य मन्त्रालयले सोमवार अक्टोबरको शुरूदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ।
अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट शुरू भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ।