०९ साउन २०८३, शनिबार

अन्तर्राष्ट्रिय र क्लब फूटबल दुवैमा ब्राजिललाई निलम्बन गर्ने फिफाको चेतावनी

पुस १०, २०८०
काठमाडौं
अन्तर्राष्ट्रिय र क्लब फूटबल दुवैमा ब्राजिललाई निलम्बन गर्ने फिफाको चेतावनी

विश्व फूटबलको सर्वोच्च संस्था (फिफा)ले ब्राजिली फूटबल संघ (सीबीएफ)लाई निलम्बनको चेतावनी दिएको छ ।

फिफाले हालै ब्राजिलको अदालतले फूटबलमा हस्तक्षेप बढाएकोको आरोपमा सीबीएफलाई पत्र लेख्दै यस्तो चेतावनी दिएको हो । 

फिफाले सीबीएफको जनवरीमा हुने भनिएको निर्वाचनलाई लिएर राष्ट्रिय टोली र क्लबहरूलाई अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन निलम्बन गर्न सक्ने चेतावनी दिएको छ । 

‘एडनाल्डो रोड्रिग्सको स्थानमा नयाँ अध्यक्ष चयन गर्ने विषयमा हतार गरेको खण्डमा निलम्बनको सामना गर्नुपर्ने छ,’ पत्रमा भनिएको छ ।

रियो दी जेनेरियोको एक अदालतले पछिल्ला वर्ष फुटबल संघको चुनावमा अनियमितताको कारण देखाउँदै अध्यक्ष रोड्रिग्ससहित संघमा उनीद्धारा नियुक्त गरिएका सबैलाई डिसेम्बर ७ मा पदबाट हटाएको थियो । 

फिफाले आफ्नो सदस्य संघमा सरकार वा तेस्रो पक्षको हस्तक्षेपलाई अस्वीकार गर्ने गर्छ । यदी निलम्बन भएका ५ पटकको विश्वविजेता ब्राजिललाई समस्या पर्ने देखिन्छ । ६ महिनापछि हुने कोपा अमेरिका अघि नै समस्या समाधान गर्नुपर्ने ब्राजिलसँग चुनौती छ ।  

salt training

कमेन्ट गर्नुहोस्