०२ असार २०८३, मंगलबार

भगवान कृष्णले खनेको ताल सुक्यो, अतिक्रमण गरेर खेती गरिँदै

कात्तिक २०, २०७४
भगवान कृष्णले खनेको ताल सुक्यो, अतिक्रमण गरेर खेती गरिँदै

नवलपरासी, १६ असोज– नवलपरासीको एक मात्र ऐतिहासिक नन्दल ताल अतिक्रमणको चपेटामा परेको छ । करिब १६५ बिगाहा क्षेत्रफलमा फैलिएको तालको सम्पूर्ण भाग स्थानीयवासीले अतिक्रमण गरी खेती गरिरहेका छन् भने यसको संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित निकायले कुनै पहल गरिरहेको छैन ।

हाल तालमा पानी छैन । तालको क्षेत्रफल मानिने अधिकांश जग्गामा स्थानीयवासीले अन्नबाली लगाउने गरेका छन् । ताल नवलपरासीको हालको रामग्राम नगरपालिका–१४ र १५ को केही भाग र यसैगरी पाल्हीनन्दन गाउँपालिका–५ (साबिक सनई, सुक्रौली र हुकुई) गाविसमा फैलिएको छ । ताल संरक्षण हुन नसक्दा अहिले आफ्नो अस्तित्व गुमाउन पुगेको एक स्थानीयवासीले बताएका छन् ।

पौराणिक इतिहासमा कृष्ण भगवान्ले आफ्नो नारायणी सेना लगाएर सो ताल खनेको धार्मिक किंवदन्ती छ । एकातर्फ ताल संरक्षणको अभावमा इतिहास गुमाउँदै गएको छ भने अर्कोतर्फ तालको जग्गा स्थानीयवासीले अतिक्रमण गर्दै जोतभोग गर्दैछन् ।

पटक पटक तालको संरक्षणका लागि यस अगावैको जिविस (हालको जिल्ला समन्वय समिति)बाट तारबार गरी क्षेत्रफल निर्धारण गर्न रकम विनियोजन भएको भए पनि हालसम्म तालको यकिन जग्गासमेत छुट्याउन सकिएको छैन र त्यसको संरक्षणमा रकम पनि खर्चिएको छैन ।

ऐतिहासिक र परिचित भए पनि नन्दन ताल पछिल्लो समयदेखि स्थानीयवासीले बिना अनुमति आफैँ बाँडफाँड गरी जोतभोग गर्न थालेपछि यसको इतिहास र अस्तित्व गुम्ने अवस्थामा पुगेको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्