२८ असार २०८३, आइतबार

रावणका दश शिरको अर्थ यस्तो हुन्छ

कात्तिक २०, २०७४
रावणका दश शिरको अर्थ यस्तो हुन्छ

हिन्दुहरुको सबैभन्दा ठूलो पर्व मानिन्छ, विजयी दशमी (नवरात्री) भवानी दूर्गाले महिषासुरको बध गरेर दैविय शक्तिको जीत भएको उपलक्ष्यमा विजया दशमी मनाइन्छ ।

विजया दशमीको सम्बन्ध राम र रावणसँग पनि जोडिएको छ । भगवान रामले रावणको बध गरेको खुसीयाली पनि दशैंको बेला नै मनाइन्छ । दशैंमा १० टाउको भएको रावणको पुत्ला समेत दहन गरिन्छ ।

दशवटा टाउको भएको अनि बीसवटा हात भएको रावण हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक हो ।

हिन्दू परम्परा अनुसार आफ्ना भावनाहरूलाई नियन्त्रणमा राखेर प्रज्ञाको उपयोग गर्दा सर्वोच्चता हासिल गर्न सकिन्छ । त्यसैले राजा महाबलीले रावणलाई नीच भावनाहरू त्याग्न आग्रह गरेका थिए ।

रिस, अभिमान, ईर्ष्या, खुशी, डर, स्वार्थ, वासना र महत्वाकांक्षा नीच संवेग हुन् । रावणका नौ शिरले यिनैको प्रतिनिधित्व गर्छन् भने दशौं शिरले प्रज्ञाको । राजा महाबलीले त्यसैकारण रावणलाई एक शिर राखेर अरूलाई त्याग्न सल्लाह दिएका थिए ।

तर रावणले महाबलीको सल्लाह मानेन र यी दश संवेग आफूसँग भएका कारण आफू पूर्ण पुरुष भएको दाबी ग–यो ।

एकथरी विद्वानहरू रावणका दश शिरले चार वेद र ६ दर्शनशास्त्रको प्रतिनिधित्व गर्ने मान्यता राख्छन् । रावण राक्षस भएपनि प्रकाण्ड विद्वान् थियो भन्ने रामायणमा नै लेखिएको छ ।

विश्रवण ऋषि र कैकशी दैत्यका छोरा रावणलाई ६४ विद्या र शस्त्रको ज्ञान थियो । अर्कप्रकाश, कुमारतन्त्र, इन्द्रजाल, प्राकृत लंकेश्वर लगायतका ग्रन्थ रावणले रचेको मानिन्छ ।

विवेक र प्रज्ञाले भावना र संवेगलाई नियन्त्रणमा राख्छ । तर रावणका दश शिरले नकारात्मक संवेगलाई प्रोत्साहन दिएकाले उसको विनाश भयो । मृत्युशैयामा रावणले गरेको पश्चात्ताप नै यही थियो, ‘त्यत्ति ठूलो विद्वान् भइकन पनि मैले संवेगहरूलाई नियन्त्रण गर्न सकिनँ र इच्छाहरूको दास बनें ।’

salt training

कमेन्ट गर्नुहोस्