१४ असार २०८३, आइतबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पुस ११, २०८०
काठमाडौं
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रामेछापको लिखु तामाकोसी गाउँपालिका-७ हल्देमा बा.प्र ०२-०४३ प ४१८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही गाउँपालिका-३ कोटगाउँ बस्ने ५७ वर्षीय कमल बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ  । दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल मन्थलीमा उपचार क्रममा मृत्यु भएको हो । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्