अहमदाबाद, १६ असोज– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा जुँगा राखेको भन्दै एक दलित व्यक्तिमाथि कुटपिट भएको छ । यो घटना गान्धीनगर जिल्लाको कलोल तालुकास्थित लिंबोदरा गाउँमा २५ र २९ सेप्टेम्बर भएको हो ।
सेप्टेम्बर २९ का दिन भरत सिंह वाधेला नामक व्यक्तिले ३० वर्षीया ल (कानून)का विद्यार्थी कृणाल महेरियालाई पिटेका थिए । कलोल तालुका प्रहरी चौकीमा आफ्नो उजुरी दर्ता गर्दै महेरियाले दावी गरेका छन् कि जुँगा राखेका कारण उनमाथि कुटपिट भएको हो ।
‘म जब अफ्ना एक साथीको घर जाँदै थिए वाघेलासहित केही अन्य व्यक्तिले मलाई रोके र अपशब्द प्रयोग गर्न थाले । वाघेलाले मसँग भनेकी जुँगा पाल्दैमा कोही राजपूत हुन सक्दैन,’ महेरियाले भने, ‘जब मैले उनको कुरालाई महत्व नदिइ अगाडि बढ्न थाले, उसले मलाई लठ्ठीले पिट्न थाल्यो ।’
गान्धीनगर सिभिल अस्पतालमा उपचार गरेर महेरिया आफ्नो घर फर्किए । कलोल तालुका प्रहरी चौकीका प्रहरीले महेरियाले दर्ता गराएको उजुरीका आधारमा वाघेलाविरुद्ध मुद्दा दर्ता भइसकेको छ । उनका उनुसार वाघेलालाई गिरफ्तार गरिएको छ ।