३१ असार २०८३, बुधबार

१५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ

पुस ११, २०८०
बारा
१५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ

अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका रु १५ लाख बराबरको मोबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए ।  

विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल र चार्जर प्रहरीले बारागढी गाउँपालिका–३ खोपवा निवासी रूपनारायणको घरबाट बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए । 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको  प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका मोबाइल सेट, ४८ थान चार्जर, ब्याट्री नौ थान र मोबाइल कभर १४ थान गरी १५ लाख रुपैँया मूल्य बराबरको रहेको बारा प्रहरीले जनाएको छ । चौधरीले सो एरियामा सस्तोमा आफ्नो घरबाट मोबाइल बिक्रीवितरण गर्दै  आएको  थियो । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्