०३ असार २०८३, बुधबार

यो हो उत्तर कोरियाको गोप्य शहर, बनाइन्छ खतरनाक हतियार !

कात्तिक २०, २०७४
यो हो उत्तर कोरियाको गोप्य शहर, बनाइन्छ खतरनाक हतियार !


दक्षिण कोरियाका सञ्चारमाध्यमहरूले दिएको खबरअनुसार, उत्तर कोरियाले आफ्नो रिसर्च एन्ड डिभेलोपमेन्ट सेन्टरमा  क्षेप्यास्त्रहरू बन्छन्  ।

त्यसबाहेक अनेकौं गोप्य स्थानमा पनि उसले क्षेप्यास्त्र बनाउछ  । यसैक्रममा त्यहाँको ह्यामहुङ शहर पनि चर्चामा छ ।

अमेरिकाको म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीको रिपोर्टअनुसार, उक्त शहरमा धेरै गोप्य रासायनिक प्लान्टहरू छन् र क्षेप्यास्त्रको इन्धनमा यिनै प्लान्टहरूको महत्त्वपूर्ण भूमिका रहन्छ ।

कोरियाली युद्धमा अमेरिकाले यो शहर पूरै ध्वस्त पारिदिएको थियो ।

उत्तर कोरियामाथि नजर राख्ने अनुसन्धानकर्ताहरूका अनुसार, रकेटमा प्रयोग हुने यूडीएमएच इन्धन ह्यामहुङस्थित प्लान्टमा बस्छन् ।

यसबाहेक यहाँबाट नै लामो दूरीको क्षेप्यास्त्रहरू पनि प्रहार गर्ने गरिएको छ । विगत केही महिनायता यहाँ सेनाको गतिविधि पनि बढेर गएको छ ।

ह्यामहुङ उत्तर कोरियाको सबभन्दा ठूलो औद्योगिक शहरमध्येको एक हो । यहाँ कोइलाको ठूलो भण्डार छ र त्यो नै उत्तर कोरियाको आयको मुख्य स्रोत हो । उत्तर कोरियाले चीनमा कोइला निर्यात गर्छ ।

सन् १९९० को दशकमा भयंकर सुक्खा भएपछि यहाँबाट धेरै मानिस विस्थापित भएका थिए । त्यसपछि यसलाई औद्योगिक शहरका रूपमा विकसित गरियो ।

यहाँ हतियारहरू उत्पादन हुने भएकाले विदेशीहरूलाई यहाँ आउन प्रतिबन्ध लगाइएको छ । यहाँका तस्वीरहरू उत्तर कोरिया सरकार आफैंले सार्वजनिक गर्ने गरेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्