१९ असार २०८३, शुक्रबार

एनएसएल फुटबल: फाइनल पुग्न पोखरा र ललितपुर भिड्दै, धनगढीले प्रतिद्वन्द्वी पाउने

पुस १२, २०८०
काठमाडौं
एनएसएल फुटबल: फाइनल पुग्न पोखरा र ललितपुर भिड्दै, धनगढीले प्रतिद्वन्द्वी पाउने

नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायर खेल आज हुँदैछ । दोस्रो क्वालिफायरमा पोखरा थण्डर्स र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुनेछ ।

खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ ।

पोखरा पहिलो क्वालिफायरमा पेनाल्टी सुटआउटमा धनगढीसँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो भने ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।

यस सिजनको फाइनल खेल शनिबार हुनेछ । 

यस्तै, नेपाल सुपर लिगको पुरस्कार रकममा दोब्बर बृद्धि गरिएको छ । गत संस्करणको विजेताले ३५ लाख नगद पुरस्कार पाएका थिए ।

शनिबार हुने फाइनल खेलको उपाधि जित्ने टिमले ७० लाख नगद पुरस्कार पाउने आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ । यसैगरी उप विजेताले २० लाख पुरस्कार पाउने छ । 

प्रतियोगिताको उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने छन् ।

यस्तै प्रतियोगिताको शीर्ष गोलकर्ता, प्रतियोगिताको उत्कृष्ट गोलकिपर र प्रतियोगिताको उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

salt training

कमेन्ट गर्नुहोस्