०७ असार २०८३, आइतबार

पूर्वराजपरिवारका सदस्य किन पुगे संसदीय समितिको शरणमा ?

पुस १२, २०८०
काठमाडौं
पूर्वराजपरिवारका सदस्य किन पुगे संसदीय समितिको शरणमा ?
फाइल तस्बिर

भूमिसुधार कार्यालयले रोक्का राखेको जग्गा फुकुवाका लागि निर्देशन माग गर्दै पूर्वराजपरिवारका सदस्यहरूले संसदीय समितिमा उजुरी दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका भाइ धीरेन्द्रका तीन छोरीले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन् । 

पुस ८ गते दर्ता उजुरी छलफलमा भने लगिएको छैन । भूमिसुधार राज्य व्यवस्थाको क्षेत्राधिकार भने होइन । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसुधारको क्षेत्र तोकिएको छ । धीरेन्द्रका श्रीमती प्रेक्षा राज्यलक्ष्मी शाहको नाममा रहेको हदबन्दीभन्दा बढी राखेको भन्दै भूमिसुधार कार्यालय काठमाडौँले रोक्का गरेको छ । छोरीहरूले यसबारे छलफल र निर्देशनको माग गर्दै संसदीय समितिमा उजुरी गरेका हुन्  ।

 उक्त  हदबन्दीको  व्यवस्था  आफूहरूलाई  नलाग्ने  उनीहरूले  उजुरीमा  जिकिर  लिएका  छन्  ।  कानुनविपरीत  हदबन्दीका  नाममा  जग्गा  रोक्का राखेर आफूहरूमाथि राज्यले विभेद गरेको उजुरीमा उल्लेख छ । धीरेन्द्रका छोरीहरू दिलाशा, पूजा र शीताष्माका तर्फबाट उजुरी दर्ता भएको खबर गोरखापत्रमा छापिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्