०६ साउन २०८३, बुधबार

भारतको मध्यप्रदेशमा यात्रुबाहक बस दुर्घटना, १२ जनाको मृत्यु

पुस १२, २०८०
काठमाडौं
भारतको मध्यप्रदेशमा यात्रुबाहक बस दुर्घटना, १२ जनाको मृत्यु

भारतको मध्यप्रदेशमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । गएराति प्रदेशको गुना जिल्लामा एक यात्रुबाहक बस टिपरसँग ठोक्किँएको थियो । टिपरसँग ठोकिएपछि बसमा आगो लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

दुर्घटनामा अन्य १४ जना घाइते भएको दैनिक भास्करले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ । 

बसमा ३० जना सवार थिए । जसमध्ये चार जना सकुसल बाहिर निस्किएका थिए । मध्ये प्रदेश सरकारले मृतकका परिवारलाई जनही चार लाख दिने घोषणा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्