२७ जेठ २०८३, बुधबार
राम्रो काम गर्ने संकल्प

भौतिक मन्त्रालयको छलफलमा प्रधानमन्त्री- काम गर्न सक्दैनौं भने ठाउँ ओगटिरहन जरुरी छैन

पुस १२, २०८०
काठमाडौं
भौतिक मन्त्रालयको छलफलमा प्रधानमन्त्री- काम गर्न सक्दैनौं भने ठाउँ ओगटिरहन जरुरी छैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन सरकारको आगामी वर्षको मार्गचित्र भएको बताएका छन् । बिहीबार बिहान प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सम्बोधनमा बोलेका कुरा अक्षरश: लागू गरिने बताए । प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए । 

अब कामका आधारमा मूल्यांकन हुने उनले बताए । 'म अलि उदार भएँ। मन्त्रालयलाई मैले अलि उदार छोडिदिएँ,' उनले भने, 'मैले अस्ति सम्बोधनमा भनेको छु, त्यो राम्रोसँग हेर्नुहोला। नियमित अपडेट हुनुहोला। आज नै हामी प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्दैछौं। अरू काम पनि क्रमशः अगाडि बढ्छन् । सम्बोधन अक्षरशः पालना गरिन्छ।'

जनताका लागि अझ राम्रो काम गर्ने संकल्पका साथ छलफल प्रारम्भ गरिएको उनले बताए । मन्त्रालयले राम्रो काम गरेनन् भने सरकार र प्रधानमन्त्रीलाई आरोप आउने गरेको गुनासो समेत उनले सुनाए । 'यो सामान्य छलफल होइन, काममा नयाँ गति ल्याउन छलफल गरिएको हो। यो छलफलको शुरूवात हो, अन्त्य होइन,' उनले भने 'जनताका लागि अझ राम्रो काम गर्ने संकल्पका साथ यो छलफल प्रारम्भ गरिएको हो। मन्त्रालयले राम्रो काम गरेनन् भने सरकार र प्रधानमन्त्रीलाई आरोप आउँछन्। यसमा सचेत हुनुहोला ।'

सरकारले नीति कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागेको उनले बताए । 'हाम्रो जिम्मेवारी राष्ट्र बनाउनु छ, जनताको आशा बचाउन पनि हामीले गम्भीर रूपमा काम गर्नुपर्छ,' उनले भने 'यतातर्फ गम्भीरतापूर्वक सोच्नुहोला। हामीले काम गर्न सक्दैनौं भने ठाउँ ओगटिरहन जरुरी छैन, यसमा प्रष्ट हुनुहोला।'

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकको निर्माण कार्यलाई उच्च प्राथमिकतामा काम गरिरहेको बताए । जुनसुकै विकल्पमा गएर भए पनि निर्माण व्यवसायीको पूरानो भुक्तानी टुंगो लगाउनुपर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्