
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनर्संरचनाको काम शुरू भएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालय पुनर्संरचनाका लागि दरबन्दी कटौतीको निर्णय गरेको हो ।
सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री कार्यालयमा रहेका ६८ कर्मचारीको दरबन्दी कटौती गरिएको जानकारी दिइन् ।
कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा गरिएको सम्बोधनमा प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्ने घोषणा गरेका थिए ।
मन्त्रिपरषद् बैठकमा अन्य मन्त्रालयका नियमित एजेन्डा समेत रहेको स्रोतले बतायो ।