१९ असार २०८३, शुक्रबार

बलिथुममा फैलिंदो खेतिपातीको रहर

कात्तिक २०, २०७४
बलिथुममा फैलिंदो खेतिपातीको रहर
15750421_1181549875244308_997851103_n_2काठमाडौं, २८ पुस — करिब एक दशक अघि सम्म सदरमुकाम तम्घासको नजिकै रहेर पनि ओझेलमा परेको गुल्मीको बलिथुम गाविस विस्तारै आत्मनिर्भर बनिरहेको छ ।

उत्पादन, उपभोग र बजारीकरण उन्मुखरहेको यहाँका कृषकहरूले पुष्टि गरिरहेका छन् । बलिथुमको कृषिमा आधुनिकीकरणका सम्बाहक हुनुहुन्छ टेकबहादुर रजाली मगर  ।  नेपाल प्रहरीको राष्ट्रसेवक पदमा रहेरपनि यिनी, त्यहाँभित्र भाइरसजस्तो सल्बलाउने  हाम्रालाई काखी च्याँप्ने प्रवृत्तिबाट वाक्कदिक्क भएर राजिनामा दिएर उहाँ गाउँ फर्किनुभएको थियो ।
प्रहरी पद बहिष्कारपछि, अन्ततः टेकबहादुरको कृषि क्षेत्रमा लगाब बढ्यो । लगन, मेहनत र आत्मविश्वासकासाथ २०६८ तिर खुर्सानी खेतीबाट शुरूगरेको उनको अनुभवपरिक्षण क्रमिकरुपमा टमाटर, लसुन, प्याज, सिमी, काउली, काँक्रा लगायत बिभिन्न मसलाबारी, तरकारीबालीदेखि नर्सरी उत्पादनसम्मको सफलता छिमेकी गाविसहरूमा समेत उदाहरणीय चर्चा हुनेगर्छ ।
15749584_1230970456991702_961349512_n

उहाँको मेहनत र स्वरोजगारमुखी सबल परिणामको कदरगर्दै  २०७० सालमा राष्ट्रपति पुरस्कारबाटसमेत सम्मानित टेकबहादुर, यहाँका कृषकहरूको मात्र नभई समग्र बलिथुमबासीहरूका लागि प्रेरणीय ब्यक्तित्व बन्न सफल हुनुभएको छ ।

 पछिल्लोपटक जिल्ला कृषि विकास कार्यालयबाट कृषि परामर्शकारूपमा बलिथुममा खटाईएका प्रा.स. चेतनारायण पन्थी भन्नुहुन्छ - कृषकहरूका सम्भावना, चुनौती र राज्यको भूमिका एवम् वितरित कृषि अनुदान-उत्पादनसंगै बिभिन्न अन्तर्क्रिया कार्यक्रममार्फत वास्तविक कृषकहरूसम्म पुगेकाले पनि बलिथुमका कृषकहरूको भविस्य सुन्दर देखिन्छ ।

यसरी परम्परागत कृषिप्रणालीलाई आधुनिकीकरणमार्फत कम मेहनतमै ब्याबसायीउन्मुख लैजाँदा आत्मनिर्भर, आर्थोपार्जनसंगै कृषि क्षेत्रबाटै आफ्नो पहिचानसमेत बनाउन सकिने भएकाले पनि यहाँका अधिक कृषकहरू आधुनिक कृषि प्रणालीमा आकृष्ट भइरहेकाछन् ।

व्यावसायिक उत्पादन बिस्तार र सहकार्यकालागि कृषि विकास कार्यालयबाट प्राप्त हालसम्मका अनुदान प्याकेजहरूमध्य भकारो सुधार, साना सिँचाई, तोरी उत्पादन पकेटक्षेत्र घोषणा, युवा स्वरोजगार अनुरूप ९ माहुरीपालन र तरकारीबाली ० माहुरी पकेटक्षेत्र घोषणा, मानवश्रोत विकासतर्फ टमाटर खेती(तालिम, च्याउ खेती/तालिम, उन्नत बीउ उत्पादन, आइपिएम पाठशाला र समयसमयमा कृषि भ्रमणकालागि १(१ जना महिला, पुरूषको कोटासमेत प्राप्तभएको कृषक समुह, बलिथुमका अध्यक्ष रामबहादुर रजाली मगर बताउनूहुन्छ ।

यसैगरि सरकारी अनुदानबाहेक गरीबसंग विश्वेश्वरनामक गैरसरकारी सँस्थालेपनि प्रत्येक वडाहरुमा कृषि समुह गठनगरि कृषकहरूकालागि बीउ(बिजन, प्लाष्टिक घर र प्लाष्टिक पोखरीहरू उपलब्ध गराउँदै आएकाले पनि तटस्थ उपभोक्ताहरुसमेत कृषि क्षेत्रमा होमिने लहर बढिरहेकोछ ।

नेपाल कृषिप्रधान देश भएकाले, आर्थिक समृद्धिकालागि कृषिक्रान्तिमा जोडदिनू नै आजको आबश्यकता हो । यसैले कृषिमा आधुनिकीकरण, ब्याबसायीकरण, र बजारीकरणको आबश्यकता महसुसगरि २०६९ सालमा स्थापित उजेलादेवी कृषि सहकारी संघ समेत बलिथुममा संचालन भइरहेकोछ ।

-जन विकास युवा परिवारको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्