०१ असार २०८३, सोमबार

निजामती कर्मचारी ऐन शीघ्र जारी गर्न प्रधानमन्त्री सकारात्मक

पुस १२, २०८०
काठमाडौं
निजामती कर्मचारी ऐन शीघ्र जारी गर्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाल निजामती कर्मचारी युनियनले ‘निजामती कर्मचारी ऐन’ चाँडो टुङ्ग्याउन अनुरोध गरेको छ ।

जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु ११ लाख ११ हजार एक सय ११ जम्मा गरेपछि प्रधानमन्त्रीलाई उनकै कार्यकक्षमा युनियनका अध्यक्ष गोपाल पोखरेल नेतृत्वको टोलीले भेटेर निजामती ऐन शीघ्र जारी गर्न अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 
प्रधानमन्त्री दाहालले उक्त ऐन शीघ्र जारी गर्ने सन्दर्भमा आफू सकारात्मक रहेको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्