२८ जेठ २०८३, बिहीबार

बंगलादेशमा एक वर्षमा एचआईभी/एड्सबाट २६६ जनाको मृत्यु

पुस १३, २०८०
काठमाडौं
बंगलादेशमा एक वर्षमा एचआईभी/एड्सबाट २६६ जनाको मृत्यु

बङ्गलादेशमा सन् २०२३ मा एचआईभी/एड्स सङ्क्रमणका कारण कुल २६६ जनाको मृत्यु भएको छ । यो सङ्ख्या बङ्गलादेशमा सन् १९८९ मा पहिलो पटक एड्स सङ्क्रमित फेला परेयताको सबैभन्दा बढी हो।  

यसैबीच, बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २७६ संक्रमितहरू रेकर्ड गरिएको बताएको छ ।

यस वर्ष संक्रमितमध्ये १ हजार ११८ बंगलादेशी नागरिक रहेको र बाँकी १ सय ५८ जना म्यानमारका रोहिंग्याहरू बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्लाका विभिन्न शिविरहरूमा बसोबास गरिरहेका व्यक्तिहरू रहेको बताएको  बताइएको छ ।

तथ्याङ्क प्रस्तुत गर्दै कार्यक्रम निर्देशक मोहफुजुर रहमान सरकारले सन् २०२२ मा देशभर २३२ जनाको मृत्यु भएको र ९४७ बिरामी पहिचान भएको बताए ।

बङ्गलादेशमा एड्सको पहिलो सङ्क्रमित सन् १९८९ मा पत्ता लागेको थियो । त्यस बेलादेखि हालसम्म १० हजार ९८४ सङ्क्रमितहरूको पहिचान भएको र ती मध्ये २ हजार ८६ जनाको मृत्यु भएको छ। 

salt training

कमेन्ट गर्नुहोस्