२३ असार २०८३, मंगलबार
मुख्यमन्त्रीहरूको भेला

संघीय सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौंडामा

पुस १३, २०८०
काठमाडौं
संघीय सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौंडामा
मकावनपुर हेटौंडास्थित मानव सेवा आश्रम अवलोकन गर्दै सातै प्रदेशका मुख्यमन्त्रीहरू । तस्वीर: उपेन्द्र जमकट्टेल ।

सातै प्रदेशका मुख्यमन्त्रीहरू बागमती प्रदेशको राजधानी हेटौंडामा भेला भएका छन् । केन्द्र सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगरेको भन्दै दबाब दिन उनीहरू हेटौंडामा भेला भएका हुन् । 

अन्तर प्रदेश मुख्यमन्त्रीहरूको भेला बिहीबारबाट शुरू भएको थियो । उनीहरूको बैठक आज पनि जारी रहनेछ । 

संघीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउनुपर्ने, तीन तहका साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानुन निर्माणमा सहकार्य गर्नेुपर्नेजस्ता विषयमा दबाब दिने उद्देश्यले मुख्यमन्त्रीहरू भेला भएका हुन् । 

यसअघि गत असारमा मुख्यमन्त्रीहरूको पोखरा बैठकले गरेको ६ बुँदे निर्णय कार्यान्वयनमा संघ सरकारले खासै चासो नदिएको उनीहरूको गुनासो छ ।

गत असार १५ मा पोखरामा बसेको मुख्यमन्त्रीहरूको बैठकले संघीयता कार्यान्वयनमा आवश्यक देखिएका विषयहरू ६ महिनाभित्र कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्