०८ साउन २०८३, शुक्रबार

मन्त्रीको गाडीमा आगजनीपछि ललितपुरको बालकुमारी सडकखण्ड अवरुद्ध

पुस १३, २०८०
काठमाडौं
मन्त्रीको गाडीमा आगजनीपछि ललितपुरको बालकुमारी सडकखण्ड अवरुद्ध

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएपछि ललितपुरको बालकुमारी सडकखण्ड अवरुद्ध बनेको छ ।

पार्टी कार्यालयबाट मन्त्रालय जाने क्रममा बन्त्रीको गाडीमा रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले आगजनी गरेपछि सो सडक खण्ड अवरुद्ध बनेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मन्त्रीको गाडीमा आगजनी भएपछि सडक खण्ड अवरुद्ध छ । 

आन्दोलनका कारण ग्वार्कोबाट कोटेश्वर आउने र कोटेश्वरबाट ग्वार्को जाने सवारी साधनलाई डाइभर्सन गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, ग्वार्कोबाट इमाडोल र मंगलबजार आउने जाने सवारी साधनलाई पनि डाइभर्सन गरिएको छ । ​

यसबाहेक उपत्यकाका अन्य  मुख्य चोकहरूमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

अश्रुग्यास प्रहार गरेर प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । प्रहरीले आन्दोलनकारीलाई लखेट्दै ग्वार्कोबाट ललितपुरको एकान्तकुना पुर्‍याएको छ ।

आन्दोलनकारीहरू सडकमा रहेका डिभाइडर भत्काउँदै ढुंगा फ्याँक्दै भागिरहेका छन् ।

परीक्षाको विषयलाई लिएर आन्दोलनरत उनीहरूले शुक्रवार मध्यान्ह ललितपुरको बालकुमारी क्षेत्रमा मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्