
उत्तर कोरियाका क्रूर तानाशाह किम जोङ–उनको शासनमा सुन्दर महिलाहरूलाई ट्राफिक प्रहरी बनाइन्छ । महिलाहरू आफैं ट्रफिक प्रहरी बन्न हत्ते गर्छन् ।

महिलाहरूलाई यो जागिरका लागि विशेष रूपमा छानिन्छ । प्योङयाङका सडकहरूमा ट्राफिक प्रहरी महिलाहरू देखिनु सामान्य दृश्य हो ।

त्यहाँ आईकनका रूपमा यिनीहरूलाई लिइन्छ ।

त्यति मात्र नभएर उनीहरूका लागि एक वेबसाइट समेत छ । त्यसमा हरेक महिना प्योङयाङ ट्रफिक गर्ल अफ द मन्थ छानिन्छ ।

वेबसाइटमा एउटा गेम पनि खेलाइन्छ । ट्राफिक महिलाका प्रशंसकहरूले सन्देश र कविताहरू पनि लेख्न पाउँछन् ।

यी महिलाहरूको तस्वीर हुलाक टिकट, पोस्टर र बच्चाको खेलौनामा समेत भेटिन्छ ।

देशका महिलाहरू यो जागिर खुल्नेबित्तिकै लाइन लागेर आवेदन भर्छन् ।

उत्तर कोरियामा ट्राफिक सिग्नलको व्यवस्था छैन । यहाँ ट्रफिक प्रहरीले नै आवागमन नियन्त्रण गर्छन् ।


एजेन्सी