२१ जेठ २०८३, बिहीबार
बालकुमारी घटना

अर्का घाइतेको पाटन अस्पतालमा मृत्यु, मृतकको संख्या २ पुग्यो

पुस १३, २०८०
काठमाडौं
अर्का घाइतेको पाटन अस्पतालमा मृत्यु, मृतकको संख्या २ पुग्यो

ललितपुरको बालकुमारीमा प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रदर्शनमा घाइते भएका २ जनाको उपचारको क्रममा मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी प्रमुख (एआईजी) दीपक थापाले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार घाइते अवस्थामा किस्ट अस्पताल लगिएका दैलेखका सुदन राउत र पाटन अस्पतालमा डोटीका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको हो ।​​

मन्त्रीको गाडी जलाएपछि प्रहरीले अश्रुग्यास हानेको थियो । ईपीएस परीक्षाको माग राख्दै प्रदर्शनमा रहेका युवाले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि झडपको स्थिति सृजना भएको थियो ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा.२ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । ईपीएसका लागि आवेदन फाराम भर्न नपाएको भन्दै केही युवाहरूले  मन्त्रीको गाडीमा आगजनी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्