२४ जेठ २०८३, आइतबार

आवेदन दिएका सबैले कोरिया भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न उच्च अदालतको आदेश

पुस १३, २०८०
काठमाडौं
आवेदन दिएका सबैले कोरिया भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न उच्च अदालतको आदेश
फाइल फोटो

कोरियामा रोजगारीका लागि लिइने ईपीएस परीक्षामा आवेदन दिएका सबै आवेदकलाई परीक्षामा सामेल गराउन उच्च अदालत पाटनले आदेश दिएको छ ।

परीक्षामा सामेल हुन नपाएको भन्दै १८ आवेदकले उच्च अदालतमा पाटनमा दिएको रिटको सुनुवाइ गर्दै अदालतले शुक्रवार यस्तो आदेश दिएको हो ।

अदालतको आदेशसँगै अब सिपबिल्डिङमा परीक्षा दिएकाहरूले पनि कोरिया भाषा परीक्षामा भाग लिन पाउने भएका छन् । ​

सिपबिल्डिङमा फेल भएका करिब ३० हजार जना सबै परीक्षामा सामेल हुन पाउने भएका छन् । यसअघि ईपीएस कोरिया शाखाले उनीहरूको आवेदन रद्द गर्दै परीक्षा दिन नपाउने प्रावधान राखेको थियो । 

परीक्षामा फारम भर्न नपाएको भन्दै आजै बालकुमारीमा आवेदकहरूले आन्दोलन गरेका थिए ।

आन्दोलनको क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलेको थियो भने प्रहरीले हस्तक्षेप गरेपछि २ जनाको मृत्यु भएको छ । 

हेर्नुहोस् आदेश

null

null

salt training

कमेन्ट गर्नुहोस्