
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसलाको तयारी भइरहँदा काठमाडौं जिल्ला अदालतमा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
करिब १५/२० विद्युत आपूर्ति बन्द भएको (लाइन गएको) हो । जेनेरेटर समेत नरहेकाले संक्षिप्त फैसला लेख्ने काम प्रभावित भएको अदालतका एक कर्मचारीले बताए ।
लाइन आइसकेपछि आजै फैसला सुनाउने गरी गृहकार्य भइरहेको उनको भनाइ छ ।
सन्दीपमाथि नाबालिक बलात्कारको अभियोग छ ।