१८ असार २०८३, बिहीबार

दशैंको टीकासमेत नलगाई आंशिक प्राध्यापक आन्दोलनमा

कात्तिक २०, २०७४
दशैंको टीकासमेत नलगाई आंशिक प्राध्यापक आन्दोलनमा

काठमाडौँ, १६ असोज– बडादशैँको टीकासमेत नलगाई आंशिक प्राध्यापक संघआबद्ध प्राध्यापकहरुले आफूहरुलाई करारमा नियुक्ति दिनुपर्ने मागसहित अनशन र धर्ना जारी राखेका छन् ।

आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै संघका तर्फबाट चितवनका शिक्षक डा महेश गजुरेल ६ दिनदेखि कीर्तिपुरस्थित त्रिवि मूल ढोका अगाडि आमरण अनशनमा छन्, भने संघका केन्द्रीय समितिका पदाधिकारी र शुभेच्छुकले धर्ना दिइरहेका छन् ।

संघका सहअध्यक्ष ठमिन्द्र खतिवडाले आफूहरु दशैैँमा घर नगएको र टीका बहिष्कार गर्न बाध्य भएको बताए ।

त्रिवि मातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको एक हजार ४२० दरबन्दी आवश्यक भएको विश्व विद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

उनले सरकार र त्रिवि नेतृत्वसँग माग पूरा गराउने विषयमा अनौपचारिक कुराकानी भएको जानकारी दिए । डा गजुरेलेको पिसाबमा खराबी र उच्च रक्तचाप, मुटु र श्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ । यसअघि गरिएको ६४ दिनको रिले अनशनबाट माग सुनुवाइ नभएका भन्दै डा गजुरेल आमरण अनशनमा बसेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्