भीमदत्तनगर, १६ असोज - नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसले टिकट वितरण समयमै गर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कञ्चनपुरले आज भीमदत्तनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस नेता साउदले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा ढिलाइका साथै उम्मेदवार व्यवस्थापनमा समस्या हुँदा पार्टीलाई घाटा भएको विचार व्यक्त गर्नुभयो । आगामी निर्वाचनमा व्यवस्थित रुपमा उम्मेदवार छनोट प्रक्रिया थालिएको जानकारी उहाँले दिनुभयो ।