०४ असार २०८३, बिहीबार

देवनारायण यादव र उनका छोरा अजयलाई भारतीय प्रहरीले अपहरणको मुद्दा चलायो

कात्तिक २०, २०७४
देवनारायण यादव र उनका छोरा अजयलाई भारतीय प्रहरीले अपहरणको मुद्दा चलायो

सप्तरी, १६ असोज - सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनका  छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेर अपहरणको मुद्दा चलाएको छ ।ramnarayan_yadab-copy

सिमावर्ती भारतीय बजार कुनौलीबाट आफ्नो छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोहि बिषयमा बुझ्न गएका देवनारायणलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई भारतको सुपौल जिल्लाको वीरपुर थानामा राखिएको छ ।

गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाँध्न आएका भारतीयको प्रतीकार गरेका यादवलाई भारतीयले निगरानीमा राख्दै आएको थियो । उनीमाथि अहिले झुठो आरोपमा अपहरणको मुद्दा लगाइएको स्थानीयको दाबी छ ।

देवनारायणका छोरा अजयले भारतीय युवतीसँग हालै बिहे गरेका छन् । केटी पक्षले अपहरण गरेको भन्दै उजुरी गरेपछि बाबुछोरालाई पक्राउ गरेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाई छ । तर तिलाठीका बासिन्दाले भने यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षड्यन्त्रका रुपमा लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्